+
+
Shares

बीपी प्रतिष्ठानका उपकुलपति वार्तास्थलमै थुनिए

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १९:४८

१५ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत चिकित्सकसँग व्यवस्थापन पक्षको वार्ता भाँडिएको छ ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा पिएर आएको आरोप लगाउँदै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले उनीसहित पदाधिकारीलाई वार्तास्थलमै थुनेका छन् । उपकुलपति गिरीको मादक पदार्थ सेवन परीक्षण नगरी बाहिर निस्कन नदिने भन्दै प्रतिष्ठान परिसरबाहिर उपकुलपतिविरुद्ध उनीहरुले नाराबाजी गरेका छन् ।

राजनीतिक दलका प्रतिनिधि अइन्द्रविक्रम बेघाले आन्दोलनकारीले उपकुलपति गिरी, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीसहित पदाधिकारीलाई वार्ता स्थलमा थुनेको जानकारी दिए ।

उनले भने ‘उपकुलपति गिरीसहित पदाधिकारीलाई भित्र थुनिनु भएको छ, ‘अहिले आन्दोलनरत साथीहरुले उहाँको मापसे चेक नगरी बाहिर निस्कन नदिने भनेर उहाँलाई वार्तास्थलमै नियन्त्रणमा राखेका छन् ।’

दुई सातादेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले सोमबारदेखि रिले अनसन शुरु गरेका थिए । उनीहरुले माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएपछि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मंगलबार दिउँसो वार्ताका लागि भन्दै पत्र पठाएका थिए ।

आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीले वार्ताका लागि ११ सदस्यीय वार्ता टोली गठन गरेर गएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?