Comments Add Comment

पल शाहलाई ‘रियल हिरो’को सम्मान

नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो ।

महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको हो ।

सम्मान ग्रहण गरेपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् ।

उनलाई ७ केजीको माला र सम्मान पत्रबाट सम्मानित गरियो । नायक शाहले यो सम्मानले आगामी दिनमा पनि आफूलाई सामाजिक काममा लाग्नका लागि प्रेरणा दिएको बताए । पलले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको ‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै सरकारले लाजमर्दो काम गरेको बताए ।

नायक शाहले पहिलो चरणको लकडाउनको समयमा प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरेका थिए । यस्तै, निषेधाज्ञाको समयमा अक्सिजनको अभाव भएको समयमा पलले विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएका थिए । उनले, बाढी प्रभावितहरुका लागि पनि सहयोग वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment