Comments Add Comment

कोरोना फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन

१६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै अष्ट्रेलियाका प्रमुख सात सहरमा लकडाउन गरिएको छ ।

निक्कै संक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको अवस्थामा अष्ट्रेलियाका प्रमुख सहरमा लकडाउन गरिएको हो । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अष्ट्रेलियामा कोरोनाका संक्रमितको संख्यामा थप वृद्धि भएको देखिएको छ । यससँगै अष्ट्रेलियामा डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या दुई सय नाघेको छ ।

अष्ट्रेलियाको सिड्नी, ब्रिसबेन, पर्थ, डर्विन, टाउन्सभिल्ला र गोल्ड कोस्टमा लकडाउन गरिएको हो । यी सात सहरको समग्र जनसंख्या अष्ट्रेलियाको कूल जनसंख्याको करीब आधा छ ।

बुधबार साउथ अष्ट्रेलियामा पनि कोरोना संक्रमण फैलिएसँगै एलिस स्पिङ्स सहरमा पनि लकडाउन गरिएको छ । अधिकारीहरुले यो क्षेत्र नजिकै रहेको आदिवासी समुदायमा कोरोना संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरेका छन् ।

कोरोना संक्रमण बढेसँगै अष्ट्रेलियाका धेरै नेताहरुले कोरोना खोप अभियानलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।

अहिलेसम्म अष्ट्रेलियामा केवल पाँच प्रतिशत जनसंख्याले मात्र पूरा डोज खोप पाएका छन् । यद्यपि अष्ट्रेलियाभर एस्ट्राजेनेकाको खोपबारे दिइएको सन्देशले भने मानिसहरु द्विविधामा परेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment