 
																			१६ असार, काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ३६ वर्षीय उमेश रेग्मी रहेका छन् ।
उनले रामेछाप उमाकुण्ड गाउँपालिका–३ का सौगात सुनुवार लगायत तीन जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ ।
इटाली पठाइदिने भनेर रकम लिई तीनै जनालाई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाएर फरार भएका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।
उनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपेली मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उमेशलाई आवश्यक कारबाहीका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4