+
+

नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १७:३१

१६ असार, वीरगञ्ज । नारायणी अस्पतालले शुक्रबारदेखि ओपीडी सेवा सुचारु गर्ने भएको छ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि ओपीडी सेवा सुचारु गर्न लागेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पताल प्रशासनले बुधबार सूचना प्रकाशित गरेर अस्पतालमा बहिरंग (ओपीडी) लगायतका उपचार सेवा असार १८ गतेदेखि सुचारु गर्न लागेको जानकारी दिएको हो । तत्कालका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म मात्रै ओपीडी सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण दर उच्च भएपछि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञापछि नारायणी अस्पतालमा कोभिड संक्रमितको उपचार सेवा, डायलाइसिस, आकस्मिक सेवा, प्रसूति र एनआईसीयू सेवा मात्रै सञ्चालनमा छ । विभिन्न विभागअन्र्तगत दैनिक प्रदान गर्दै आएको ओपीडी सेवा बन्द गरिएको थियो ।

नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट लगायतका जिल्ला र छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?