+
+
Shares

स्वास्थ्य वैज्ञानिकको सातौं शिखर सम्मेलन भर्चुअल माध्यममा भोलिदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १७:५१

१६ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन यही असार १७ र १८ गते हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष अप्रिल १० देखि १२ सम्म गर्दै आएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन यस वर्ष कोरोना महामारीका कारण ढिला भएको हो ।

परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गरी ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ बिहीबार र शुक्रबार भर्चुअल रुपमा शिखर सम्मेलन हुने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या विज्ञहरुलाई एउटै थलोमा भेला गरी जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने र जिम्मेवारीपूर्ण अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्य राखेको परिषद्ले बताएको छ ।

शिखर सम्मेलनको मुख्य वक्ताको रुपमा विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रापाल सिंह र बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक सर पिटर हर्बी रहने जनाइएको छ ।

दुईदिने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धानमूलक मौखिक प्रस्तुति, १९ वटा पोस्टर प्रस्तुति तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण रहनेछ । यसैगरी उत्कृष्ट ९ जना अनुसन्धानकर्तालाई विभिन्न अवार्डद्वारा सम्मानित गरिने पनि परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?