+
+
Shares

मेयर शाक्यलाई माफी माग्न पाँच विद्यार्थी संगठनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १३:२५

१८ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् ।

राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै आएका नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार मशाल जुलुससहित प्रदर्शन गर्न लागेका हुन् ।

असार २० गते प्रतिगमनविरुद्ध विद्यार्थी आन्दोलनका पूर्वअध्यक्ष वा नेताहरुसँग अन्तर्क्रिया गर्ने र असार २१ गते माइतीघर मण्डला र उपत्यका बाहिरका प्रत्येक जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन् ।

काठमाडौं महानगरपालिकाले रत्नपार्कको भित्तेचित्र मेटाएर स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम गरेको भन्दै उनीहरुले, मेयर विद्यासुन्दर शाक्यलाई माफी माग्न आग्रह पनि गरेका छन् ।

शुक्रबार जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘रत्नपार्कमा बनाइएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौं ।’

चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा प्रत्येक ७२ घण्टामा पटक–पटक पिसिआर परीक्षण गर्नुपर्ने प्रावधान अत्यन्तै अव्यवहारिक रहेको ठहर पनि उनीहरुले गरेका छन् । ५ वटा सम्म परिक्षा दिने विद्यार्थीलाई पहिलोपटक गरिएको पीसीआर टेस्ट वा एन्टिजेन्ट टेष्टलाई मान्यता दिई परीक्षामा सामेल गराउन उनीहरुले माग गरेका छन् ।

उनीहरुले आन्दोलनरत विद्यार्थी नेता तथा कार्यकर्ताहरुमाथि गरिएको प्रहरी दमनको निन्दा पनि गरेका छन् ।

विज्ञप्तिमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु (माधव नेपाल समूह)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?