+
+

लिक्डइनमा साइबर हमला, ७० करोड प्रयोगकर्ताका डाटा अनलाइनमा बिक्रि हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १५:१७

१८ असार,  काठमाडौं । सोसल नेटवर्किङ साइट लिंक्डइनका साढे ७५ करोड प्रयोगकर्ताका ‘डाटा’ लिक भएका छन् । ती मध्ये करीब ७० करोड प्रयोगकर्ताका निजी डाटाहरु चर्चित ह्याकर फोरम डार्क वेबमा बिक्री भइरहेका छन् ।

गड युजर टोमलाइनर (God User TomLiner) नामक ह्याकरले रेड फोरममा गत २२ जुनमा ७ करोड डाटा बिक्रीमा राखेको हो । ती मध्ये १० लाख प्रयोगकर्ताका डाटा प्रमाणको रुपमा पोस्ट गरिएको छ ।

लिंक्डइनले भने ‘डाटा लिक’ नभएको र नेटवर्क स्क्रयाप गरेर डाटा निकालिएको जनाएको छ । लिंक्डइनका अनुसार यो घटना कम्पनीको प्राइभेसी नीतिको उल्लंघन भएको भन्दै घटनाको जाँच भइरहेको जनाएको छ ।

हालसम्म ह्याकरहरुको बारेमा कुनैपनि जानकारी सार्वजनिक भएको छैन ।

ह्याकरहरुले हात पारेर डार्क वेबमा बिक्री गरिरहेका प्रयोगकर्ताका डाटाहरुमा फोन नम्बर, ठेगाना, लोकेसन, तलब लगायतका निजी जानकारीहरु रहेका छन् ।

गत अप्रिल महिनामा पनि लिंक्डइनका ५० करोड प्रयोगकर्ताका डाटा लिक भएको पुष्टि भएको थियो । त्यसमा प्रयोगकर्ताको मोबाइल नम्बर, नाम, अकाउन्ट आइडी तथा कार्यालय सम्बन्धि जानकारीहरु लिक भएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?