+
+
Shares

भजनीकी उपमेयरलाई काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १८ गते १८:१८

१८ असार, काठमाडौं । सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जनप्रतिनिधिलाई काम कारबाही गर्न दिन आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बीसीलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा राजीनामा गरेको या अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको तथा उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारबाहीमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका स्थानीय जनप्रतिनिधिहरुलाई कारबाही गरेको थियो । त्यसअनुसार आयोगले ११ असारमा उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?