
१८ असार, काठमाडौं । नेपालमा कोभिड-१९ विरुद्धको दुवै मात्रा लगाउनेको संख्या सात लाखभन्दा बढी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म दुवै डोज खोप लगाउनेको संख्या ७ लाख ५७ हजार ६३५ पुगेको छ । जसमध्ये कोभिशिल्डको दुवै डोज लगाउनेको संख्या ४ लाख ५९ हजार ६२५ रहेको छ भने भेरोसेलको दुवै डोज लगाउनेको संख्या २ लाख ९८ हजार १० रहेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा १३ लाख ६८ हजार ८५९ र भेरोसेलको दोस्रो डोजको पर्खाइमा ४ लाख ७८ हजार ३७२ जना छन् ।
कुन प्रदेशमा कति–कति जनाले लगाएको खोप ?
मन्त्रालयका अनुसार सबैभन्दा बढी कोभिड–१९ विरुद्धको खोप लगाउने प्रदेश बागमती प्रदेश रहेको छ । यो प्रदेशमा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने संख्या ४ लाख ५९ हजार ५८४ छ । दोस्रो डोजको पर्खाइमा ४ लाख ४० हजार ४६६ जना छन् ।
प्रदेश १ मा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने संख्या ५६ हजार ६३ जना छन् भने दोस्रो डोजको पर्खाइमा ३ लाख २० हजार ३१ जना छन् ।
प्रदेश २ मा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने ४७ हजार ८४६ छन् भने दोस्रो डोजको पर्खाइमा ३ लाख ४२ हजार ४६९ छन् ।
यसैगरी गण्डकी प्रदेशमा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने ५१ हजार ३१९ जना छन् भने दोस्रो डोजको पर्खाइमा १ लाख ६७ हजार ७२५ जना छन् ।
लुम्बिनी प्रदेशमा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने ८५ हजार १३० जना छन् भने दोस्रो डोजको पर्खाइमा २ लाख ६७ हजार ७२५ छन् ।
यसैगरी कर्णाली प्रदेशमा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने २९ हजार २६३ जना रहेका छन् भने दोस्रो डोजको पर्खाइमा १ लाख ६३५ जना छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड र भेरोसेलको दुवै डोज लगाउने ३८ हजार ४३० जना छन् भने दोस्रो डोजको पर्खाइमा २ लाख ८ हजार २०१ जना छन् ।
प्रतिक्रिया 4