+
+
Shares

वीपी राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १९ गते ११:०६
Photo Credit : फाइल तस्वीर

१९ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मान्ती भन्ने स्थानमा खसेको पहिरोका कारण वीपी राजमार्ग अवरुद्ध भएको छ ।

लेदो माटो झरेर राजमार्ग अवरुद्ध हुँदा काठमाडौंतर्फबाट पूर्वका जिल्लातर्फ जाने र काठमाडौंतर्फ आउने सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले पानी परिरहेको र लेदो माटो झर्ने क्रम जारी रहेकाले पन्छाउन नसकिएको बताए । ‘पानी पर्न कम हुनासाथ पहिरो पन्छाउने भनेर स्काभेटर स्ट्याण्डबाई राखेका छौं,’ उनले भने ।

यसैबीच काभ्रेको धुलिखेल नगरपालिका–११ फस्कोटमा खसेको पहिरोले ३ घर जोखिममा परेका छन् । जोखिममा परेका घरका सदस्यहरुलाई धुलिखेलस्थित कालिजंग गणका सेना र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको एसपी खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?