
१९ असार, काठमाडौं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजबारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेडिकल कलेज सञ्चालक प्रसाईंले सरकारलाई तीन विकल्प दिएका छन् । उनले आफ्नो कलेजलाई सम्बन्धन दिन वा सरकार आफैंले सञ्चालन गर्न वा सदाका लागि बन्द गर्ने विकल्पमा अविलम्ब ठोस निर्णय गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफ्नो कलेजमाथि अन्याय गरेको उनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4