Comments Add Comment

द भ्वाइस अफ नेपालमा छानिए उत्कृष्ट १२ प्रतिस्पर्धी, बिजेता छान्ने अधिकार दर्शकलाई

१९ असार, काठमाण्डौ । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् ।
शनिवार सकिएको नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउण्डमा लगेका छन् ।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज छानिएका छन् । यस्तै टीम राजुबाट बिजय ठाडामगर, सोनाम शेर्पा र तारा श्रीष छनौट भएका छन् । टीम तृष्णाबाट अफ्रिता खड्गी, ज्वाला राई र कर्णराज गिरीले लाइभ राउण्डमा जाने मौका पाएका छन् ।

आगामी साताबाट लाइभ राउण्डका एपिसोडहरु प्रसारण हुनेछन् । योसँगै दर्शकका लागि भोटिङ राउण्ड पनि खुला हुने छ । ब्लाइण्ड अडिसनदेखि हालसम्म कसलाई अगाडी बढाउने भन्ने अधिकार कोचलाई थियो ।

तर, अब भने नितान्त दर्शकको भोटका आधारमा प्रतिस्पर्धा अगाडी बढ्ने छ । चारवटै टीमका एकएक जना ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन जहाँबाट एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् । प्रभु पे को एप डाउनलोड गरी प्रतिष्पर्धीलाई भोट गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment