Comments Add Comment

टिकटकमा तीन मिनेटका भिडियो पोस्ट गर्न सकिने

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ ।

हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेट बनाउने तयारी गरिरहेको हो ।

टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोस्टमा भनेका छन् : यस परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउनेछ ।

सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा फरक राख्दै आफ्नो प्लाटर्फममा पोस्ट गरिने भिडियोको अधिकतम लम्बाई उक मिनेट कायम गर्दै आएको छ ।

आगामी हप्ताभित्रमै सबै प्रयोगकर्ताका लागि भिडियो लम्बाई ३ मिनेट बनाइएको फिचर उपलब्ध हुने ब्लग पोस्टमा उल्लेख गरिएको छ ।

धेरै प्रयोगकर्ताहरुले टिकटकमा केही समय थप होस् भन्ने इच्छा व्यक्त गरेका हुँदा पछिल्लो परिवर्तन गरिएको टिकटकले उल्लेख गरेको छ ।

टिकटकमा रहेका रहेका धेरै लोकप्रिय भिडियोहरु समयको पावन्दीका कारण टुक्राटुक्रामा पोस्ट गरिएको अवस्था रहेको परिप्रेक्ष्यमा भिडियोको लम्बाईलाई तीन मिनेट बनाउने कार्यले उक्त समस्याको समाधान गर्ने टिकटकको ब्लग पोस्टमा उल्लेख छ ।

तथापि कतिपयले भने लामो भिडियोहरु पोस्ट गर्न मिल्ने गरी परिवर्तन गर्दा टिकटकको लोकप्रियतामा नाटकीय गिरावट आउनुसक्ने चेतावनी दिएका छन् । लामो भिडियोहरु पोस्ट गर्न मिल्ने अन्य थुप्रै लोकप्रिय प्लाटर्फमहरु विद्यमान रहेको अवस्थामा टिकटकलाई पनि त्यस्तै बनाउँदा त्यसले टिकटकको सफलता र लोकप्रियतालार्य फिक्का बनाउने खतरा छ ।

तर भिडियो लम्बाइलाई बढाएर तीन मिनेट पुर्‍याउने कार्यमा संलग्न टिकटकको टिमसँग भने यस्तो परिवर्तनका पछाडि प्रष्ट उद्धेश्य छ ।

टिकटक पोस्टमा भनिएको छ – लामो आकारको भिडियोहरुसँगै समयको लचिलोपना हुनेछ र सर्जकहरुलाईे नयाँ तथा विस्तारित सिर्जना गर्नका लागि क्यानभास उपलब्ध हुनेछ ।

बीबीसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment