+
+

करेन्ट लागेर तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १३:१७

२० असार, काठमाडौं । करेन्ट लागेर बारा, ताप्लेजुङ र इलाममा गरी तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउँपालिका–७ सन्फुलवाका ३० वर्षीय मुन्नाप्रसाद यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा हात मुख धुने क्रममा कलमा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ पुल्चोकस्थित सुन्तली हाईड्रोपावरमा काम गर्ने एक युवकको पनि करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रमोद कुँवर रहेका छन् । काम गर्ने क्रममा अचानक करेन्ट लागेर उनको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका–५ का ४० वर्षीय प्रविन राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । माई नगरपालिका–४ स्थित घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्थानीय तारा मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?