Comments Add Comment

अष्ट्रेलियामा घट्न थाल्यो कोरोना संक्रमण, केही क्षेत्रमा लकडाउन खुकुलो

२० असार, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा शनिबार कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमितको संख्यामा कमी देखिएको छ । यसअघि यो राज्यमा लगातार दुई दिन सन् २०२१ मा सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित फेला परेका थिए ।

न्यु साउथ वेल्सको राजधानी सहर सिड्नीमा लाकडाउन गरिएसँगै संक्रमणमा कमी आएको हो । सिड्नीमा अर्को सातासम्मका लागि लकडाउन गरिएको छ ।
शनिबार न्यु साउथ वेल्समा कोरोनाका १६ नयाँ संक्रमित थपिएका हुन् ।

थपिएकामध्ये १३ संक्रमित यसअघि नै आइसोलेसनमा थिए । यसअघि शुक्रबार नयाँ संक्रमितको संख्या ३५ थियो भने बिहीकार ३१ नयाँ संक्रमित भेटिएका थिए ।

‘पछिल्लो २४ घण्टाको कोरानो संक्रमणको अवस्था उत्साहप्रद छ. हामीलाई थाहा छ कि कुनै पनि बेला संक्रमितको संख्या बढ्न सक्छ । हाम्रो लागि अबको केही दिन निकै महत्वपूर्ण रहनेछ’, न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले बताइन् ।

निकै कडा लकडाउन र जनस्वास्थ्यका अन्य मापदण्डको सहयोगमा अष्ट्रेलिया कोरोना महामारी नियन्त्रणमा सफल मुलुकको रुपमा रहँदै आएको छ । यद्यपि पछिल्लो केही सातामा भने डेल्टा भेरियन्टको कारण अष्ट्रेलियामा कोरोनाको संक्रमण बढेको हो ।

कोरोना संक्रमण बढेसँगै गत साता अष्ट्रेलियाका तीन राज्यको राजधानी सहरमा लकडाउनको घोषणा गरिएको थियो । यसपटक न्यु साउथ वेल्समा कोरोनाका सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।

कोरोनाको संक्रमणमा कमी आएसँगै केही राज्यको लकडाउन पनि खुकुलो बनाइएको छ । क्विन्सल्याण्डमा एक साताअघि लगाइएको लकडाउन अहिले हटाइएको छ । एकजना मात्र नयाँ संक्रमित देखिएसँगै प्रशासनले लकडाउन हटाउने निर्णय गरेको हो ।

त्यस्तै वेस्टर्न अष्ट्रेलियाको राजधानी सहर पर्थमा शुक्रबार रातिदेखि लकडाउन हट्नेछ । यद्यपि आगामी मंगलबारसम्म सामाजिक गतिविधिमा प्रतिबन्धको नियम कायम रहने बताइएको छ । अष्ट्रेलियाको अर्को राज्य भिक्टोरियामा भने पछिल्लो एक सातायता कोरोनाका कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

‘संवेदनाहीन मेयर’

Advertisment