+
+

उपत्यकाको निषेधाज्ञाः अब के–के बाँकी छ खुल्न ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १८:०८

२० असार, काठमाडौं । उपत्यका प्रशासनले निषेधका अधिकांश प्रावधान हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरेको हो ।

प्रशासनले यातायातमा लगाइएको जोर–विजोर प्रणाली पनि हटाएको छ । सोमबार राति १२ बजेपछि लागू हुने निषेधाज्ञामा ६ क्षेत्रमा मात्र रोक लगाइएको छ ।

प्रशासनले सबै प्रकारका सभा-सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, स्वीमिङ पुल, खेलस्थललगायतका भिड हुने क्षेत्रमा रोक कायमै राखेको छ । खुला स्थानमा मानिसको भेला, जम्मा हुन, सभा जुलुस र जात्रा महोत्सव गर्न अझै रोक लगाइएको छ ।

पुजारीबाट हुने पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । भौतिक उपस्थितिको पठनपाठनमा अझै रोक लगाइएको छ । स्थानीय ढुवानीका गाडी ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?