Comments Add Comment

बिमा समितिले स्वार्थ बाझिने व्यक्तिलाई नै दियो अध्ययनको जिम्मा

१९ असार, काठमाडौं । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले लघु विमा कम्पनीको आवश्यकताबारे अध्ययन गर्ने जिम्मा स्वार्थ बाझिने गरी लघुविमा कम्पनीकै अधिकारीहरुलाई दिएको छ ।

विमा समितिका निर्देशक सुशील सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सदस्य छन् ।

अहिले निर्जिवन किसिमका लघु बिमा व्यवसाय निर्जिबन बिमा कम्पनीहरुले र जीवन लघुबिमा व्यवसाय जीवन बिमा कम्पनीहरुले गर्दै आएका छन् । अध्ययन समितिका सदस्यद्वय क्षेत्री र पौडेलको कम्पनीले पनि अहिले लघु बिमा व्यवसाय गर्दै आएको छ । नयाँ कम्पनी सञ्चालन आएमा बजारमा उनीहरुको प्रतिस्पर्धी थपिनेछ ।

बिमा समितिले स्वार्थ बाझिने दुई बिमा कम्पनीका सीईओहरुलाई नै अध्ययन समितिमा राखेकामा बिमा क्षेत्रका जानकारहरुले असन्तुष्टि जनाएका छन् । बिमा विज्ञ डा. रवीन्द्र घिमिरे लघुबिमा व्यवसाय गरिरहेका कम्पनीलाई नै अध्ययन समितिमा राख्दा पछि उनीहरुले विरोध नगर्ने सोचेर बिमा समितिले राखेको हुनसक्ने बताउँछन् ।

स्वार्थ नबाझिने व्यक्ति राखेर अध्ययन गरेपनि नियमनकारी निकायले निर्णय गरिसकेपछि बिमा कम्पनीहरुले विरोध भने गर्न नसक्ने उनको भनाइ छ ।

तर बिमा समितिका प्रवक्ता राजुरमण पौडेल भने अहिले नै नयाँ कम्पनी सञ्चालनको अनुमति दिइहाल्ने योजना नरहेको बताउँछन् । अहिले अध्ययनमात्रै हुने भएकाले स्वार्थ बाझिने विषय नआउने उनको दावी छ ।

बिमा समितिले स्वार्थ बाझिने व्यक्तिलाई नै अध्ययनको जिम्मा दिएको यो पहिलो पटक भने होइन । बिमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएपछि उनले नयाँ पुनर्बिमा कम्पनीको लाइसेन्स दिने निर्णय गरिसकेका छन् ।

पुनर्बिमा कम्पनीको लाइसेन्स दिने निर्णय गर्नुअघि अध्यक्ष सिलवालले सञ्चालनमा रहेको पुनर्बिमा कम्पनीको सञ्चालक रहेका दीपप्रकाश पाण्डेलाई पुनर्बिमा कम्पनी सम्बन्धी अध्ययन समितिमा राखेका थिए ।

यो पनि पढ्नुहोस स्वार्थ बाझिने व्यक्तिलाई बिमा समितिले दियो अध्ययनको जिम्मेवारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment