Comments Add Comment

गोठमा टिपर खस्दा दम्पतीको मृत्यु

२० असार, काठमाडौं । नुवाकोटका साइला तामाङ र उनकी श्रीमती जयन्ती तामाङ कागेश्वरी मनोहरा नगरपालिका-५, मूलपानीमा साहुको जग्गामा खेती गरेर गुजारा चलाइरहेका थिए । खेतीबाट आएको पैसाले राँगो र गाईसहित केही वस्तुभाउ पनि पालेका थिए ।

गोठमा वस्तुभाउ चोरी होला भनेर उनीहरु राति गोठसँगै रहेको टहरोमा बास बस्थे । तर आइतबार विहान ४ बजे तामाङ दम्पतीले त्यही गोठमा ज्यान गुमाउनुपर्‍यो ।

प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार मूलपानी रहेको मुख्य सडकमा गुडिरहेको ट्रिपर अनियन्त्रित भएर तामाङ दम्पती सुतेको टहरामाथि खसेको थियो । सडकबाट ५० मिटर तल रहेको गोठमा टिपर खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भयो ।

‘बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भएर खसेको थियो, चालकलाई नियन्त्रणमा लिएका छौं’ उनले अनलाइनखबरसँग भने, ‘उनीविरुद्ध सवारी ज्यान कसूरमा अनुसन्धान हुनेछ ।’

पक्राउ परेका चालक काभ्रेबाट निर्माण सामग्री बोकेर आएका थिए । उनले प्रहरीमा दिएको बयानअनुसार ‘स्टेरिङ लक’ भएर गाडी ओरालो सडकमा अनियन्त्रित भएर टहरामा पुगेको थियो । घटनामा चालक सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment