
२१ असार, काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिरोले घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए ।
आइतबार राति १ बजेतिर घरमाथिबाट आएको पहिरोले उक्त घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
पहिरोबाट छत्तीसकुमारकी श्रीमती सुखमाया राई र नातिनी भागेर बाँच्न सफल भएको वडाध्यक्ष राईले बताए । त्यस क्षेत्रमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4