Comments Add Comment

सिद्धार्थ मल्होत्राको हातमा फिल्म नै फिल्म

बलिउड नायक सिद्धार्थ मल्होत्रासँग चलचित्रको कुनै अभाव छैन । केही बर्ष अगाडिसम्म निरन्तर असफल चलचित्रका कारण उनको करिअर नै धरापमा थियो । तर, सिद्धार्थ लयमा फर्किने कोशिशमा छन् । यसमा, उनलाई निर्माता करण जोहरले साथ दिएका छन् ।

सिद्धार्थ पछिल्लो समय केही चलचित्रको छायांकनमा व्यस्त छन् । उनै, सिद्धार्थले धर्मा प्रोडक्शनको नयाँ चलचित्र साइन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी, धर्माकै चलचित्र ‘शेरशाह’मा पनि काम गरिरहेका छन् । सिद्धार्थले साइन गरेको नयाँ चलचित्रमा उनी एक्सन अवतारमा देखिनेछन् ।

यो चलचित्रलाई एक नयाँ निर्देशकले निर्देशन गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । सिद्धार्थले ‘मिशन मज्नु’मा काम गरिसकेका छन् । यो चलचित्रमा उनको जोडीको रुपमा साउथकी स्टार रश्मीका मन्दनाले काम गरेकी छिन् ।
यस्तै, उनले चलचित्र ‘थ्यांक गड’को पनि छायांकन गरिरहेका छन् । यो चलचित्रको छायांकन सकिएपछि उनले धर्माको नयाँ चलचित्रको काम सुरु गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment