Comments Add Comment

कैलालीमा भोलिदेखि रेष्टुरेन्ट खुल्ने, सबै सवारी साधन चल्ने

फाइल तस्वीर : धनगढी

२२ असार, धनगढी । कैलालीमा होटल, रेष्टुरेन्ट समेत सञ्चालन गर्न पाइने गरी साउन १ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले केही परिमार्जन गर्दै साउन १ गते मध्यराति १२ बजेसम्म जारी निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा थपिएको निषेधाज्ञा अवधिमा यसअघि होम डेलिभरी मात्रै गर्दै आएका होटल, रेष्टुरेन्ट तथा खाजा पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरेर बिहान ५ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ । यसैगरी सवारी साधन सञ्चालनका लागि जोर बिजोर प्रणाली हटाउँदै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर जिल्लाभित्र चलाउन पाउने व्यवस्था गरिएको छ । तर जिल्ला बाहिर जानुपर्ने सवारी साधन भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने जारी आदेशमा उल्लेख छ ।

मानिसहरुको बढी भीडभाड हुने विभिन्न प्रकारका सभा, सम्मेलनको आयोजना गर्न पाइने छैन भने सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी साँझ, संग्रहालय, शिक्षण संस्था पनि बन्द नै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment