+
+

किसानलाई धान सुकाउने मेसिन हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १८:५०

२२ असार, धनगढी । कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बर्दियाको राजापुरका किसानलाई धान सुकाउने मेसिन अनुदानमा  हस्तान्तरण गरिएको छ ।

कृषि आधुनिकीकरण परियोजना धान जोन परियोजना बर्दियाले एक जना स्थानीय किसान र कृषि समूहलाई ५० प्रतिशत अनुदानमा धान सुकाउने मोबाइल ग्रेन ड्रायर र फिक्स ग्रेन ड्रायर नामक मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

कृषि आधुनिकीकरण परियोजना धान जोन परियोजनाका प्रमुख तपेन्द्र शाहले कैलालीको टीकापुरमा रहेको डीकम माईक्रो सिस्टम प्रालि मार्फत नेपालमै पहिलो पटक धान सुकाउने मेसिन अनुदानमा हस्तान्तरण गरिएको जानकारी ।

मोबाइल ग्रेन ड्रायर मेसिन ट्रयाक्टरको पछाडी जोडेर ठाउँ ठाउँमा घुमाएर साढे दुई टन धान र साढे तीन टन मकै सुकाउन सकिने उनले बताए । फिक्स ग्रेन ड्रायर मेसिन निश्चित ठाउँमा राखेर सोही ठाउँमा धान ल्याएर सुकाउन सकिने शाहले बताए ।

अहिले दुई वटा मेसिन हस्तान्तरण गरेर परीक्षण गरिएको बताउँदै उनले अगामी वर्ष अन्य किसानलाई समेत अनुदानमा मेसिन दिने योजना रहेको बताए । डीकम माईक्रो सिस्टम प्रालिका प्रबन्धक प्रकाश बिष्टले किसानलाई हस्तान्तरण गरिएको मेसिनले छोटो समयमै धान सुकाउन मिल्ने बताए ।

उनले नेपालमै पहिलो पटक डीकम माईक्रो सिस्टम मार्फत किसानहरुले धान सुकाउने मेसिन हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै अगामी दिनमा थप कृषि यन्त्र उपकरणको पनि विकास गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?