Comments Add Comment

ट्वाइलेट बसेको बेला छिमेकीको अजिंगरले यौनांगमै हिर्काएपछि…

काठमाडौं । एकजना व्यक्तिलाई आफ्नै घरको ट्वाइलेटमा दिसा गरिरहेको बेला एकाबिहानै छिमेकीको अजिंगरले यौनांगमै आक्रमण गरेको छ । यो घटना युरोपेली मुलुक अष्ट्रियाको ग्राज सहरमा भएको हो ।

सोमबार भएको उक्त घटनामा ती ६५ वर्षीय व्यक्तिलाई छिमेकीले पालेको १.६ मिटर लामो अजिंगरले आक्रमण गरेको हो ।

सोमबार बिहान उनी उठेर आफ्नै घरको ट्वाइलेटमा दिसा गर्न बसेका मात्र के थिए यौनांगमा एक्कासी दुखाइ महसुस भयो ।

जब उनले मुन्टो निहुराएर ट्वाइलेटको कमोडमा हेरे उनको सातोपुत्लो गयो । त्यहाँ त एउटा अजंगको अजिंगर थियो ।

ती वृद्धका छिमेकी एक २४ वर्षीय युवकले आफ्नो अपार्टमेन्टमा पालेको अजिंगर थियो त्यो । आफ्नो घरबाट भागेर त्यो अजिंगर छिमेकी वृद्धकोमा आएर ट्वाइलेटको कमोडभित्र छिरेको रहेछ । स्टाइरिया प्रान्तस्थित प्रहरीले चाहिं ढलमार्ग हुँदै उक्त अजिंगर आफ्नो घरबाट भागेको र छिमेकीको ट्वाइलेटसम्म आइपुगेको अनुमान गरेको छ ।

आफ्नो यौनांगमा अजिंगरले हिर्काएपछि ती वृद्धले तत्कालै पुलिसलाई खबर गरेका थिए । पुलिससँगै उद्धारकर्मीहरु पनि त्यहाँ पुगे । अजिंगरलाई तत्कालै कमोडबाट निकालेर सफा गरियो र अजिंगरधनी युवकको जिम्मा लगाइयो ।

अनुसन्धानको क्रममा ती युवकले सो अजिंगर लगायत ११ वटा विषालु नहुने सर्पहरु तथा एउटा छेपारो समेत आफ्नो अपार्टमेनटमा पालेको पाइएको छ । उनीमाथि लापरवाही गरेर अरुको शरीरमा हानी पुर्याएको अभियोगमा अनुसन्धान भैरहेको छ ।

ट्वाइलेटमा अजिंगरको आक्रमणमा परेका ६५ वर्षीय वृद्धको यौनांगमा चाहिं हल्का घाउ मात्र बनेको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment