Comments Add Comment

यूसुफ सरवर खान कसरी बने दिलिप कुमार ?

बलिउडमा ट्रेजेडी किङ्गको रुपमा चिनिएका नायक दिलिप कुमारको ९८ बर्षको उमेरका बुधबार बिहान निधन भएको छ । दिलिप कुमार लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिए । यसकारण, उनको मृत्युको खबर यसअघि पनि कैयौं पटक बाहिर आएको थियो ।

दिलिप कुमारले सन् १९४४ मा चलचित्र ‘ज्वार भाटा’बाट बलिउडमा पाइला राखेका थिए । उनले अभिनय गरेका ‘जुगनू’ नामक चलचित्र सन् १९४७ मा रिलिज भयो, जसले उनलाई बलिउडमा सफल नायकको परिचय दिलाएको थियो ।

यसपछि उनले, ‘शहीद, अन्दाज, दाग, दिदार, मधुमति, देवदास, मुसाफिर, नयाँ दौर, आन, आजाद’ लगायतका कैयौं सुपरहिट चलचित्रमा काम गरेका छन् ।

आफ्नो अभिनयका कारण उनले लाखौं दर्शकको मन जितेका छन् । उनले, चलचित्रको माध्यमबाट भारतका कैयौं मुद्दालाई पर्दामा देखाएका छन् ।दिलिप कुमारलाई ‘ट्रेजेडी किङ्ग’देखि ‘अलराउन्डर नायक’को रुपमा पनि हेरिन्छ । २२ बर्षमा बलिउडमा प्रवेश गरेका उनी २५ बर्षको उमेरका देशकै नम्बर १ नायकको स्थानमा पुगेका थिए ।

यो पनि पढ्नुहोस बलिउडका दिग्गज कलाकार दिलीप कुमारको निधन

राज कपुर र देव आनन्दको प्रवेश बलिउडमा भएपछि ‘दिलिप–राज–देव’लाई त्रिमुर्तीको उपनाम पनि दिइएको थियो ।दिलिप कुमारलाई चर्चित चलचित्र निर्माण संस्था बम्बे टाकिजले बलिउडमा डेब्यू गराएको थियो । उनलाई देविका रानीले ब्रेक दिएकी थिइन् ।

यो चलचित्रबाट नै उनी यूसुफ सरवर खानबाट दिलिप कुमार बनेका थिए । उनले आफ्नो पहिलो चलचित्र ‘ज्वार भाटा’का लागि १२५० रुपैयाँ पारिश्रमिक पाएका थिए । दिलिप कुमारले ४४ सालको उमेरमा सायरा बानोसँग बिबाह गरेका थिए । उनले आफ्नो लोकप्रियता कहिले पनि पैसा कमाउनका लागि प्रयोग गरेनन् ।

दिलिप कुमारले आफ्नो करिअरमा ६० वटा चलचित्रमा अभिनय गरेका छन् । उनलाई भारत सरकारले सन् १९९१ मा पद्यम भुषण जस्तो प्रतिष्ठित पुरस्कार प्रदान गरेको थियो ।

यस्तै, उनलाई सन् १९९५ मा ‘दादा साहब फाल्के अवार्ड’ पनि प्रदान गरिएको थियो । यस्तै, दिलिप कुमारलाई पाकिस्तान सरकारले सन् १९९७ मा ‘निशन ए इम्तियाज’बाट पनि सम्मानित गरेको छ । यो पाकिस्तानले प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment