Comments Add Comment

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

फाइल तस्वीर

२४ असार, चितवन । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गर्दै आएको छ ।

सेती दोभानमा पटक–पटक पहिरो आएर सडक बन्द हुँदा यात्रुहरुले सास्ती पाएका छन् । माथिबाट लेदोसहित ठुलठूला ढुंगाहरू झरेर सडक अबरुद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment