Comments Add Comment

हाइटीको राष्ट्रपति हत्यामा संलग्नको आशंकामा ४ जना मारिए

२४ असार, काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनेल माइसेको हत्याका संदिग्ध चारजना प्रहरीबाट मारिएका छन् । प्रहरीले दिएको जानकारीअनुसार यो आक्रमणमा संलग्न हुन सक्ने आशंकामा थप दुईजना पक्राउ परेका छन् । प्रहरीले यो घटनाका अन्य संदिग्धहरुको खोजी कार्य तीव्र पारेको बताएको छ ।

‘उनीहरु कि मारिनेछन् कि समातिनेछन्’, प्रहरी प्रमुख लेओन चाल्र्सले भने । मंगलबार राति आफ्नै निवासमा हतियारधारी समूहले राष्ट्रपति मोइसेमाथि आक्रमण गरेको थियो । यो आक्रमणको क्रममा मोइसेकी पत्नी मार्टिन मोइसेलाई पनि गोली लागेको छ । अहिले उनको अमेरिकाको फ्लोरिडामा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर तर स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

‘चार आतंकवादीहरुलाई मारिएका छन् र दुईजना हाम्रो नियन्त्रणमा छन्’, चाल्र्सले भने, ‘बन्धक बनाइएका तीन प्रहरीको उद्धार गरिएको छ ।’

राष्ट्रपतिको हत्यापछि अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेपले मानिसहरुलाई शान्त रहन आग्रह गर्दै राष्ट्रव्यापी आपतकालको घोषणा गरेका छन् । यससँगै मानिसहरुलाई एकै स्थानमा भेला हुन र सेना र प्रहरीलाई कार्यकारी अधिकारसहित पचिालन गरिएको छ ।

माइसे सन् २०१७ मा हाइटीको राष्ट्रपति बनेका थिए । तर, पछिल्लो समय उनको राजीनामा माग गर्दै हाइटीमा ठूलो आन्दोलन भएको थियो । उनको हत्यासँगै अब मुलुकको नेतृत्व कसले लिने भन्ने विषयमा आशंका उत्पन्न भएको छ ।

हाइटीको संविधानअनुसार राष्ट्रपतिको पद खाली हुँदा प्रधानमन्त्रीले अर्को निर्वाचन नहुँदासम्म मुलुकको नेतृत्व सम्हाल्नेछन् । तर, राष्ट्रपति मोइसेले यसैसाता एरिएल हेनरीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले शपथ भने लिएका थिएनन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment