२४ असार, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीबारबाट सर्वसाधारणका लागि प्राथमिक आईपीओ (आइपिओ) निष्काशन गरेको छ ।
कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्ब १५ करोड को ३० प्रतिशत अर्थात रु. ६४ करोड ५० लाख रकम बराबर प्रति आईपीओ रु. १०० अंकित दरका ६४ लाख ५० हजार कित्ता आईपीओ मध्ये ५ प्रतिशत आईपीओ बराबर ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत आईपीओ बराबर ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५८ लाख ५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो ।
यस कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनी ऐन, २०६३ तथा बिमा ऐन, २०४९ बमोजिम दर्ता भई २०७४ असोज ३१ मा कारोबार स्वीकृति प्राप्त गरी बीमा समितिबाट जीवन बीमा व्यवसाय गर्ने बिमकको इजाजत मिति २०७४ असार २० मा प्राप्त गरी कम्पनीले २०७४ असोज ४ गतेबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
आइपिओ निष्काशनका लागि इक्रा रेटिङ्गबाट रेटिङ्ग गराएको यस कम्पनीले ट्रिपल बि (बिबिबि) रेटिङ्ग पाएको छ । जसको अर्थ वित्तिय दायित्व वहन गर्ने कम्पनीको क्षमतामा औषत जोखिम रहेको भन्ने हुन्छ ।
कम्पनीको प्राथमिक निष्काशन (आइपिओ)मा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज असार २४ गतेबाट छिटोमा आगामी असार २८ गते बेलुकी ५ बजे भित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै आईपीओका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा २०७८ श्रावण ०७ गतेसम्म आईपीओ बिक्री खुला रहने छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4