+
+
Shares

वीर अस्पतालमा बेड संख्या बढाएर ९६६ पुर्‍याइयो, ८३१ दरबन्दी थप

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १८:१५

२४ असार, काठमाडौं । सरकारले वीर अस्पतालमा बेड संख्या बढाएर ९६६ पुर्‍याएको छ  । यसअघि ४६० बेड संख्या रहेकोमा बढाएर ९६६ पुर्‍याइएको हो । यस्तै  वीरमा ८३१ कर्मचारीको दरबन्दी थप गरिएको छ  भने १९ विभागलाई बढाएर २९ वटा र ७ इकाईलाई बढाएर ९ पुर्‍याइएको छ ।

थपिएका दरबन्दीमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिव समेत छन् । २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

दरबन्दी थपिएका १८६ जनासँगै वीरमा चिकित्सकको संख्या ३६० पुगेको छ । थपिएका चिकित्सकमा ११ औं तह (प्रमुख कन्सल्ट्यान्ट)का १७ जना, नवौं र दशौं तह (कन्सल्ट्यान्ट) ११६ जना, आठौं तह (मेडिकल अधिकृत) ४९ जना र डेन्टल सर्जन चार जना रहेका छन् ।  यसअघि ११ औं तहका चिकित्सक ३७ जना, दशौं र नवौं तहका चिकित्सक ७३ जना र मेडिकल अधिकृत ६४ जना रहेका थिए ।

यसअघि १८ जना इञ्चार्ज  र स्टाफ नर्समा १६५ जनाको दरबन्दी रहेको वीर अस्पतालमा नयाँ दरबन्दी ७०४ जना थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ । यसैगरी स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौं र सातौं गरी ५३ दरबन्दी थपिएको छ ।

त्यसैगरी श्रेणीविहीन कर्मचारीको १५५ दरबन्दी कटौती गरिएको छ । श्रेणीविहीन कर्मचारीको दरबन्दी यसअघि २३३ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?