Comments Add Comment

बंगलादेशको कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

२५ असार, काठमाडौं । बंगलादेशको एक खाद्यान्न कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।

बंगलादेशको राजधानी सहर ढाकाबाट २५ किलोमिटरको दुरीमा रहेको औद्योगिक सहर रुपगञ्जस्थित हसन फुड एण्ड बेभरिज फ्याक्ट्रीमा बिहीबार साँझबाट आगलागी सुरु भएको हो ।

उक्त आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कारखानामा आगलागी भएसँगै कारखानामा काम गरिरहेका कर्मचारीहरु माथिल्लो तलाबाट हाम फलेका थिए ।

प्रहरीकाअनुसार फ्याक्ट्रीमा बिहीबार उक्त आगलागी भएको हो । ‘एकपटक आगो नियन्त्रणमा आएपछि हामी कारखानाभित्र खोजी र उद्धाकार्य सुरु गर्न सक्छौं । त्यसपछि मात्र हामी हताहतीको विषयमा जानकारी दिन सक्छौं’, अग्नि नियन्त्रण सेवाका प्रवक्ता देवाशिष बरधानले बताए ।

कम्तीमा ३० जना मानिसहरु आगलागीमा परी घाइते भएका छन् । प्रहरीले सुरुमा यो आगलागीमा परी तीनजनाको मृत्यु भएको बताएको थियो । तर, आगलागी बढेर माथिल्लो तलामा पुगेसँगै मृत्यु हुनेको संख्या उल्लेख्यरुपमा बढेको थियो ।

ढाकाको फायर डिपार्टमेन्टका प्रमुख दिनु मोनी शर्माका अनुसार कारखानाभित्र निकै प्रज्वलनशील रसायन र प्लास्टिक भण्डारण गरेर राखिएकाले आगलागी फैलिएको हो ।

प्रहरीका अनुसार माथिल्लो तलाबाट हाम फाल्ने क्रममा पनि धेरै मानिसहरु घाइते भएका छन् । अझै धेरै मानिसहरु कारखाना भित्रै रहेकाले मृत्यु हुनेको संख्य अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment