+
+
Shares

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १७:०८

२५ असार, काठमाडौं । एभरेस्ट बैंकले जेठ १६ गते आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पामार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको छ ।

आज केन्दि्रय कार्यालयमा भएको एक कार्यक्रमकाबीच सो झण्डा मिङ्माडेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी  अधिकृत डा. संधिर कुमारलाइ हस्तान्तरण गरेका छन्।

सो कार्यक्रममा बैंकका सहायक महाप्रबन्धकहरु केशव राज पौडेल , आशुतोष शर्मा  तथा बैंकका बजार ब्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रममा ग्रिष्मकालमा माउन्ट केटु को सफलतापुर्वक आरोहण गरेका कीर्तिमानी आरोही सोनाम शेर्पालाइ समेत सम्मान गरिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?