Comments Add Comment

सेयर ब्रोकर कमिशन घटाउनुपर्छ : छोटेलाल रौनियार

२५ असार, काठमाडौं । इन्भेष्टर्स फोरम नेपालका अध्यक्ष छोटेलाल रौनियारले सेयर किनबेचमा लाग्ने ब्रोकर कमिशन घटाउनु पर्ने बताएका छन् ।

शुक्रबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि आउने नीति तथा कार्यक्रमका लागि सुझाव दिदै अध्यक्ष रौनियारले अहिले ब्रोकर कमिशन धेरै नै भएको बताए ।

केहि महिना अघि धितोपत्र बोर्डले कमिशन घटाए पनि जति घटाउनु पर्ने त्यो अनुसार नघटेको उनको गुनासो छ । ‘बोर्डले कमिशन घटाए पनि हामीले चाहे अनुसार घटेन, यसले हामीलाई लगानीकर्ता हर्क न विस्मात भयो’ उनले भने, ‘हामीले खुलेर बोर्डको निर्णय स्वागत पनि गर्न सकेनौं, अब घटोस् ।’

बोर्डले १० पुसमा अधिकतम ०.४० प्रतिशत हुने गरी ब्रोकर कमिशन घटाएको थियो । त्यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।

पछिल्लो समय ठूलो मात्रामा कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए । तर अहिलेको कमिशन पनि धेरै भएको र अब घटाएर अधिकतम ०.२५ बनाउनुपर्ने अध्यक्ष रौनियारको सुझाव छ ।

अध्यक्ष रौनियारले बैंकहरुलाई ब्रोकर लाइसेन्स पनि दिन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment