+
+

पञ्चाङ्ग निर्णायक समितिलाई नियमनको अधिकार, आधिकारिक पात्रो प्रकाशन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १९:४०

२५ जेठ, काठमाडौं । ज्योतिष एवं कर्मकाण्ड सम्बन्धी मुहूर्त गणनाको काम गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति थप शक्तिशाली बनेको छ । यसअघि अवधारणापत्रको आधारमा सञ्चालनमा रहेको समितिले कानूनी मान्यता प्राप्त गरेसँगै थप अधिकार प्रत्यायोजन गरिएको हो ।

गत पुस तेस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले समितिलाई विकास समितिको मोडलमा लैजाने निर्णय गरेको थियो । त्यसैको आधारमा असार २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार समितिमा नयाँ पदाधिकारीहरु चयन भएका छन् । यो नेपाल पञ्चाङ्ग निर्णायक समिति गठन आदेश लागू भएपछिको पहिलो कार्य समिति हो ।

पञ्चाङ्ग निर्णयक समिति गठन आदेश २०७७ को दफा ३ बमोजिम प्रा. श्रीकृष्ण अधिकारीको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । जसमा संस्कृति मन्त्रालयका उपसचिव पदेन सदस्य हुने व्यवस्था छ । यसबाहेक चयन भएका सदस्यहरुमा डा. वासुदेव कृष्ण शास्त्री (कोइराला), डा. देवमणि भट्टराई, तनुजा दाहाल र पद्मनाभ त्रिपाठी छन् । समितिको कार्यकारी निर्देशकको अधिकार समेत रहने गरी सदस्य सचिवमा पण्डित सूर्यप्रसाद ढुंगेललाई नियुक्त गरिएको छ ।

केके थपियो अधिकार ?

कानूनी मान्यता पाएसँगै समितिले केही थप अधिकारहरु पाएको छ । यसअघि तिथि गणना र पात्रो प्रकाशनको स्वीकृति लगायत काम गर्दै आएको समितिलाई नियमनको अधिकार भने दिइएको थिएन ।

तर अब आफ्नै नामबाट भित्तेपत्रिका एवं पात्रो प्रकाशन गर्ने, धर्मशास्त्र एवं कर्मकाण्ड सम्बन्धी विवाद निरुपण गर्ने, समितिको निर्णय विपरीत प्रकाशन गरिएका पात्रो बन्द गराउने जस्ता अधिकार थप गरिएको सदस्य सचिव ढुंगेलले जानकारी दिए ।

त्यस्तै, समितिले कर्मकाण्ड एवं ज्योतिष सेवा दिनेहरुलाई प्रशिक्षणका कार्यक्रम पनि सञ्चालन गर्न पाउने भएको छ । साथै, कर्मकाण्ड सम्बन्धी विभिन्न मापदण्ड तयार पार्दै कार्यक्षमताको आधारमा नियमन गर्न पाउने अधिकार समेत समितिमा आएको छ ।

सदस्य सचिव ढुंगेलले ज्योतिष गणना विधि एवं कर्मकाण्ड सम्बन्धमा देखिएका विवाद निरुपण गर्ने अधिकार समितिमा आएको जानकारी दिए । उनले अन्य पेशामा रहेका नियमनकारी संस्था जस्तै ज्योतिष एवं कर्मकाण्ड क्षेत्रलाई व्यवस्थित बनाउन समितिले सक्दो कोशिश गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?