+
+

२० भन्दा बढी कलाकार कांग्रेसमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते १७:२४

२६, असार काठमाडौं । २० भन्दा बढी कलाकार शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले कलाकारहरुलाई पार्टी सदस्यता प्रदान गरे ।

हास्य कलाकार सुरेन्द्र केसी (मुलासाग), गायक मोहन राई, जादुगर महादेव त्रिपाठी, कलाकार मिलन श्रेष्ठ, कवि गंगाराम राईलगायत कांग्रेस प्रवेश गरेको नेपाल सांस्कृतिक संघका शिवशंकर रिजाल जोगिन्दरले बताए ।

पार्टी प्रवेश गर्नेमा मेनुका भुजेल, गंगाराम राई, मित्रकुमार राई, चन्द्रकुमारी राई, दीपेश कुमार बान्तवा, श्रीकृष्ण खड्का, जय राई, प्रदीप राई, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, अस्मिता मगर, गणेश इशारालगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?