Comments Add Comment

सप्तरीमा सडक ग्राभेलको विषयमा विवाद, हात हालाहालको स्थिति आएपछि काम रोकियो

२७ असार, सप्तरी । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि ग्राभेल गर्ने काम रोकिएको छ ।

गाउँपालिकाको बजेटले हिलाम्य भएको गाउँको बाटोमा ग्राभेल नहाली नहरको डिलमा हाल्न खोजेपछि स्थानीयले रोक्न खोजेका थिए । स्थानीय र उपभोक्ता समितिका पदाधिकारीबीच झडप हुने स्थिति देखापरेपछि काम नै रोकाइएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

उपभोक्ता समितिले कोशी पश्चिम नहरको डिलमा ग्राभेल ओछ्याउन खोज्दा स्थानीयले गाउँमा हाल्नुपर्ने बताउँदै काम रोक्न पुगेका थिए । स्थानीयले काम रोक्न जाँदा उपभोक्ता समितिका पदाधिकारीबीच सामान्य हात हालाहालको स्थिति भएलगत्तै पुगेको प्रहरी टोलीले घटना साम्य बनाएको एसपी धमलाले बताए । उनका अनुसार अहिले अवस्था सामान्य बनेको छ ।

उपभोक्ता समितिका पदाधिकारी र स्थानीयबीच सहमति नभएसम्मका लागि काम समेत रोकाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment