
२७ असार, नुवाकोट । विदुर नगरपालिका-८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका-१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्याल नुवाकोटले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4