+
+
Shares

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १५:०८

२७ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो ।

उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बीमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सवइन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

धेरै गुमाउनेको शीर्ष सथानमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड देखिएको छ । यसैगरी ओरियण्टल होटल एनबीबीएल डिबेञ्चरको धेरै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?