+
+
Shares

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १५:३२

कर्णराज गिरी सानैदेखि गायनमा रुची राख्थे । उनकी आमाको सपना पनि छोराले स्टेजमा गीत गाएको हेर्ने थियो । कर्णराज आमाको र आफ्नो सपना पुरा गर्न चाहन्थे । तर, कर्णराजको सपना पुरा नहुँदै उनकी आमाको निधन भएको छ ।

कर्णराजकी आमा विगत केही समयदेखि बिरामी थिइन् । ‘द भ्वाइस अफ नेपाल’मा गीत गाउँदै गर्दा कर्णराजलाई आमाको स्वास्थ्यको चिन्ता पनि सधै हुन्थ्यो । यसैले त, भ्वाइसको सेटमा आमाको अवस्थाको बारेमा उनी सधै कुरा गरिरहन्थे ।

कर्णराज भ्वाइसको उत्कृष्ट १२ मा पुगेका छन् । तर, यसपछि उनले जीवनमा पाउने सफलताका कैयौं खुड्किलाहरु उनकी आमाले हेर्न पाउने छैनन् । उनकी आमाको शनिबार उपचारका क्रममा निधन भएको छ ।

सानैबाट गीत संगीतमा लाग्ने रुची भएपनि कर्णराजलाई आर्थिक समस्याले सधै पिरल्यो । उनी सानो हुँदा नै उनले बुबालाई गुमाएका थिए । सर्लाहीका कर्णराजले काठमाडौंमा ट्याक्सी चलाउन थाले । विगत ३–४ बर्षदेखि रातको समयमा ट्याक्सी चलाउँदै उनले दिउँसो भने संगीतलाई समय दिएका थिए ।

कर्णराजका श्रीमती र २ सन्तान छन् । ट्याक्सी चलाउँदै गर्दा गीत गाउने कर्णराजको स्वरलाई यात्रुहरुले पनि खुबै मन पराएका थिए ।

नेपालकै नम्बर १ रियालिटी शोमा सहभागी भएपछि कर्णराजको परिचय बदलिएको छ । तर, पनि उनी कामलाई ठूलो र सानो मान्न नहुने तर्क गर्छन् । संगीत क्षेत्रमा नै स्थापित भएको खण्डमा यसमा नै अगाडि बढ्ने सोच बोकेका उनी भन्छन्–‘यदि, संगीत क्षेत्रमा लागेर जीवन जिउन गाह्रो भएको खण्डमा ट्याक्सी चलाएर जीवन पाल्न मलाई गाह्रो पर्ने छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?