+
+
Shares

निगमलाई निजी कम्पनीमा रुपान्तरण गर्ने योजना छैन : पर्यटन मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १७:२३

२७ असार, काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालनको योजनासहित प्रवन्धपत्र र नियमावली बुझेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने योजना भने नरहेको स्पष्ट पारेको छ ।

आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई कौडीको भाउमा बिक्री गर्न लागेको भन्दै कडा आलोचनासहितको विज्ञप्ति जारी गरेका थिए ।

पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जवाफी विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्तिबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल एयरलाइन्सको निजीकरण प्रक्रियाका सम्बन्धमा कुनै छलफल समेत नभएको मन्त्रालयको भनाइ छ । विज्ञप्तिले कम्पनी मोडलमा लैजाने सम्बन्धमा चालिएको प्रक्रियाबारे भने बोलेको छैन ।

यसअघि नेपाल वायुसेवा निगमले अर्थ मन्त्रालयले माग गरेअनुसार कम्पनीमा रुपान्तरण गर्न प्रवन्धपत्र तथा नियमावलीको मस्यौदा तयार पारी पर्यटन मन्त्रालयमा बुझाएको छ ।

निगमले पर्यटनमा यो मस्यौदा बुझाएसँगै निगममा कर्मचारीले भने विरोध जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?