Comments Add Comment

इसेवा मनि ट्रान्स्फर र इन्टेल एक्सप्रेसबीच सम्झौता, युरोपबाट पैसा पठाउन सहज

इसेवा मनि ट्रान्सफर र जर्जियास्थित इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीले सहजै रेमिट्यान्स पठाउन सक्ने भएका छन् ।

यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा बढी एजेन्ट नेटवर्कमार्फत् सहजै पाउन सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।

इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिट्यान्स कम्पनी हो । जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियतलगायत ५० बढी राज्यमा रेमिट्यान्स कारोबार गर्दछ ।

यसका साथै ग्रीस, बेलायत, इटली, र जर्जियामा आफ्नै कार्यालयमार्फत् सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत् सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment