Comments Add Comment

इथियोपियाको निर्वाचनमा प्रधानमन्त्री अबिय अहमद भारी मतले विजयी

२७ असार, काठमाडौं । इथियोपियामा प्रधानमन्त्री अबिय अहमदको पार्टी बहुमतले विजयी भएको इथियोपियाको निर्वाचन बोर्डले बताएको छ । निर्वाचन बोर्डले शनिबार दिएको जानकारी अनुसार इथियोपियाको ४३६ सिटमध्ये ४१० सिटमा जित हात पारेको हो ।

यससँगै उनी प्रधानमन्त्रीमा थप पाँच वर्षसम्म पनि रहनेछन् । यद्यपि इथियोपियाको करिब २० प्रतिशत भागमा भने असुरक्षा र अन्य सैद्धान्तिक समस्याको कारण निर्वाचन हुन सकेको छैन । इथियोपियाको टिग्रे क्षेत्रमा निर्वाचन हुन सकेको थिएन, जहाँ हजारौं मानिसहरु भोकमरीको सामना गरिरहेका छन् ।

इथियोपियाको अर्को चरणको निर्वाचन आगामी सेप्टेम्बर ६ को लागि तोकिएको छ । यद्यपि, टिग्रे क्षेत्रको निर्वाचनको मिति भने तय भएको छैन । यो निर्वाचन यसअघि नै कोरोना महामारीको कारण यसअघि नै यो निर्वाचन रोकिएको थियो ।

An election official counts voting ballots

प्रधानमन्त्री अहमदले यो निर्वाचन ऐतिहासिकरुपमा समावेशी भएको दाबी गरेका छन् । आगमी अक्टोबरमा इथियोपियामा नयाँ सरकार बन्ने अपेक्षा गरिएको छ ।
यद्यपि निर्वाचनको विश्वसनीयताको विषयमा भने प्रश्न उठेको छ । विपक्षी पार्टीहरुले आफ्नो निर्वाचन प्रचार कार्यक्रममा सरकारले अनुचित बल प्रयोग गरेको आरोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment