Comments Add Comment

माधव नेपाल असन्तुष्ट !

२७ असार, काठमाडौं । नेकपा एमालेमा कार्यदलले गरेको १०बुँदे सहमतिलाई अदालतमा विचाराधीन मुद्दामा अपव्याख्या गरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका छन् ।

उनी निकट नेताहरुका अनुसार सहमतिमा उल्लेख भएका विषयमा नेता नेपालको आपत्ति छैन । उपमहासचिव घनश्याम भुसालसहितका कार्यदलका सदस्यहरुले उनीसँगै परामर्श गरेर सहमति गरेका हुन् ।

तर सहमतिलाई अदालतलाई प्रभावित गर्ने गरी अपव्याख्या भएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । रातारात सहमति गर्दा आम कार्यकर्तामा आशंका हुनसक्ने र अदालतमा विचाराधीन मुद्दामा यसको मिसयुज हुनसक्ने भन्दै उनले भनेका छन्, अदालतलाई प्रभावित पार्ने कुनै पनि गतिविधि मान्य हुँदैन ।’

अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ मात्र १०बुँदे सहमति गरेको थियो, जसमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment