
फाइल तस्वीर
२८ असार, चितवन । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ ।
आज सोमबार बिहान करीब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका-६ कालीखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सञ्चालन गर्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जजनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4