Comments Add Comment

कमल थापाले भने : सर्वोच्च अदालतमा आज गोरू ब्‍यायो

२८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्‍यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’

साथै उनले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठमा दोस्रो पटक संसद विघटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment