+
+
Shares

हाइटीका राष्ट्रपति मोइसेको हत्याका प्रमुख आरोपित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १४:२८

२८ असार, काठमाडौं । हाइटीको प्रहरीले राष्ट्रपति जोनेभेल मोइसेको हत्याका प्रमुख आरोपी रहेको आशंकामा एक डाक्टरलाई पक्राउ गरेको छ । हाइटीको प्रहरीका अनुसार हाइटीका नागरिक ६३ वर्षीय क्रिस्टियान सानोन पक्राउ परेका हुन् । उनी गत जून महिनामा ‘राजनीतिक उद्देश्य’का साथ हाइटी फर्किएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मोइसेको हत्यामा २८ जना विदेशी ‘आतंकवादी’ संलग्न थिए । यो आक्रमणमा उनकी पत्नी मार्टिन पनि घाइते भएकी थिइन् । अहिले अमेरिकामा उनको उपचार भइरहेको छ ।

मार्टिनले आक्रमणपछि एक शब्द पनि बोल्न नपाउँदै राष्ट्रपतिको हत्या भएको बताएकी छिन् । हाइटीको प्रहरी प्रमुख लिओन चार्ल्सले सुरुमा राष्ट्रपति मोइसेलाई पक्राउ गर्ने उनीहरुको योजना रहेको तर पछि योजना परिवर्तन भएको बताएका छन् । चार्ल्सका अनुसार यो आक्रमणमा अन्य दुई योजनाकारको पनि खोजी भइरहेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?