+
+

देउवा प्रधानमन्त्री भएपछि मात्रै बूढानीलकण्ठ जाने बाटो धमाधम मर्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १४:०६
फाइल तस्वीर

२८ असार, काठमाडौं । करीब एक वर्षदेखि खाल्डामय भएको महाराजगञ्ज-बूढानीलकण्ठ सडक खण्डको आवधिक मर्मत शुरु भएको छ । सडक डिभिजन कार्यालय काठमाडौंले सडकमा परेका खाल्डाहरु पुर्ने काम मंगलबारबाट शुरु गरेको छ ।

वर्षायाममा सडक निर्माण र मर्मतको काम नगर्ने नीति लिएको सरकारले धमाधम सो खण्डमा काम थालेपछि स्थानीय पनि आश्चर्यमा परेका छन् । स्थानीयले नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाको निजी निवास जाने सडक भएकाले बल्ल सडक विभागले चासो दिएको भन्दै सामाजिक सञ्जालमा व्यंग्य गरेका छन् ।

लामो सयमदेखि सडकमा हिलो र धूलोको सकस थियो । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्चले दिएको आदेशका कारण विभाग रातारात तातेको स्थानीय  साधु कोइराला बताउँछन् ।

काठमाडौं डिभिजनका प्रमुख कुवेर नेपाली भने नियमित तवरमै सो खण्डमा परेका खाल्डा पुर्ने काम शुरु भएको बताउँछन् । ‘मेलम्ची खानेपानीको पाइप र विद्युत प्राधिकरणको तार भूमिगत गर्दा सडक खनिएको थियो, सो सडकको आवधिक मर्मत गर्न करीब १५ दिन अघि नै ठेक्का सम्झौता भएको थियो’ उनले भने,’वर्षाले थप खाल्डो बढेपछि सडक मर्मत गरेका हौं ।’

खनिएका सडकको जिम्मा भने सम्बन्धित निकायकै हुन्छ । तर, प्राधिकरण र मेलम्चीले खाल्डा पुर्न ढिलाइ गर्दै आएका छन् ।

विभागले तीनकुने-मनोहरासहित महाराजगञ्ज-बूढानीलकण्ठ खण्ड मर्मतका लागि करीब १० करोडमा ठेक्का लगाएको छ। वर्ल्ड वाइड टीआर सुसन जेभीले यो सडक मर्मतको जिम्मा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?