+
+

शपथ ग्रहण स्थलमा देउवाको पर्खाइ

२०७८ असार २९ गते १९:०३

२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुगेका छैनन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उनले सच्याउन भनेका छन् । र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राखेका छन् ।

देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् ।

 

 

लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?