Comments Add Comment

तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री देउवाको शपथ समारोह

२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।

मंगलबार नै देउवाले आफ्नो दल नेपाली कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री नियुक्त गरेका छन् । चारै मन्त्रीले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।

हेर्नुहोस् शपथ समारोहका तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विकास श्रेष्ठ

ट्रेन्डिङ

Advertisment