+
+
Shares

ओलीले छाडे बालुवाटार निवास

शंकर गिरी शंकर गिरी
२०७८ असार ३० गते १२:५०

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्।

ओलीको बिदाइमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरुले बालुवाटारबाट स्कर्टिङ गरेका छन् । तर अहिले परेको पानीले ओलीको स्वागत र्‍यालीलाई बिथोलेको छ ।

एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै मंगलबार साँझ नै कार्यभार सम्हालेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?