
बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् ।
उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको पनि बताएकी छिन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन्–‘मेरो छोराको जन्म २ महिना अगाडि नै भएको थियो । यसैले, उनलाई २ महिनादेखि नियोनैटल आइसीयूमा राखिएको छ । उनी पेटमा हुर्किरहेको समयमा केही समस्या आएपछि आकस्मिक रुपमा उनको जन्म भएको हो । डाक्टरको सुझवुझका कारण एउटा ठूलो दुर्घटना टरेको थियो । म र मेरो परिवार उनलाई घर ल्याउनका लागि आतुर छौं ।’
दीयाले १५ फ्रेवुअरीमा वैभव रेखीसँग बिहे गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4